प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको 'स्टेट पार्टनरसिप प्रोग्राम'(एसपिपी) मा सहभागि हुन नेपाली सेनाले २०७२ कात्तिक १० गते पत्र पठाएको पत्रमा हस्तलिखित मितिबारे प्रष्ट पारेका पार्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको अन्तर्रराष्ट्रिय सम्बन्ध समितिमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको जिज्ञासाबारे जवाफ दिँदै प्रधानसेनापति शर्माले नेपाली सेनामा जसले हस्ताक्षर गर्‍यो, उसैले मिति लेख्ने चलन रहेको स्पष्ट पारे।

पोखरेलले पहिलेनै पत्र तयार पारेर पछि हस्ताक्षर गरेको हो कि भन्ने आसमा शर्माले स्पष्ट पारेका हुन्।