कोसी गाउँपालिका–२ बाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध सहित १ जनालाई पक्राउ गर्यो

  • असार २, २०७९
  • सप्तकोसी अनलाइन
alt

    धरान । सुनसरीको कोसी गाउँपालिका–२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–३ का १९ वर्षीय रोहित राई रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौहकीबाट खटिएको प्रहरी टोलीले  कोसी गाउँपालिका–२ बाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाइट्रोजन १० ट्याब्लेट, लुपिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो ।

    कटुवा पेस्तोल र लागुऔषध सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

    हाम्रो बारेमा

    • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
    • सप्तकोसी अनलाइन
    • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
    • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
    • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
    • स्थायी लेखा नं.: ६०३५५०७८२
    • विज्ञापन तथा सुचनाको लागि
    • ९८४२१८२६०२, ९८१९३४५६२७

    हाम्रो टीम

    • अध्यक्ष/सम्पादक विकल रेग्मी
    • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल