ओखलढुंगा । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै ओखलढुंगामा विकास निर्माणकाे काम प्रभावित भएकाे छ ।
जिल्लाका सबै जसो क्षेत्रको विकास निर्माणकाे योजना प्रभावित बनेकाे छ । सरकारी कार्यालयले सञ्चालन गरेका योजना निर्माण गर्ने जिम्मा लिएका ठेकेदार कम्पनीहरुले मूल्यवृद्धि धान्न नसक्ने अवस्था भएपछि काम रोक्न थालेको ओखलढुंगा निर्माण व्यवसायी संघका अध्यक्ष विनोदकुमार ताम्राकारले बताए ।
जिल्लामा अहिले मेशिनको सहायताबाट गरिँदै आएका कामहरु रोकिन थालेको उहाँले बताउनुभएकाे छ । ठेकेदार कम्पनीहरुले श्रमिकमार्फत् गर्न सकिने कामहरु भने जारी राखेका छन् । मूल्यवृद्धिले विशेषगरी सडक, भवन, खानेपानी,नहर, पुललगायतका काममा प्रत्यक्ष असर परेको छ । विकास निर्माणमा प्रभावित भएपछि असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने योजनालाई समयमै काम सक्न चुनौती बढेको देखिएकाे छ ।
निर्माण व्यवसायीहरुले लागत धेरै लाग्ने भन्दै विकास निर्माणका काम ठप्प पार्दै आएको डिभिजन सडक कार्यलय प्रमुख अरुणकुमार लाल कर्णले बताउनुभएकाे छ ।




















