इटहरी । मोडलिगं सम्वन्धि कुनै प्रकारको तालिम नलिएकी सुनसरीको रामधुनीकी आकृती साह मिस नेपालको सेमिफानल राउण्डमा प्रवेश गरेकी छन ।

   सुन्दरतालाई मोडलिङ्गसँग मात्रै जोड्नु हुदैन भन्ने आकृती द हिडेन ट्रेजरले आयोजना गरि रहेको मिस नेपाल २०२२ को प्रतियोगिता अन्तरगत सेमिफाइनल राउण्डमा प्रवेश गरेकी हुन ।

आकृतीले मिस नेपालका लागि गत जेठ ३ गते काठमाण्डौको याक एण्ड यति होटलमा पहिलो अडिसन दिएकी थिइन् । मैथली समुदायकी आकृतीले रामधुनी बोर्डिङ्ग स्कुलबाट एसइइ सम्मको अध्ययन सकेकी छन  भने लहानको लहान सगरमाथा एजुकेशनल एकेडेमीबाट भर्खरै नर्सिङ्गको अध्ययन पुरा गरेकी छन । सप्तरीमा जन्मीएर सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १को झुम्कामा बस्दै आएकी आकृती मिस नेपाल बन्ने सपनामा नजिक पुगेकी छन ।

 मोडलिङ्गका लागि कहींकतै तालिम नलिएपनि लकडाउनको समयमा आफैँले घरमै तयारी गरेर काठमाण्डौको ढाका इभेन्टले आयोजना गरेको प्रतियोगितामा सहभागी भएको र पहिलो प्रयासमै रनर अप बन्न सफल भएकाले मिस नेपालका सहभागिताका लागि उत्साह बढेको आकृति सुनाउछिन  । सोही प्रतियोगितामा रनर अप मात्र नभएर उनले ‘फेस अफ लकडाउन’को टाइटल समेत जित्न सफल भएकी थिइन । सुन्दरता सम्बन्धि प्रतियोगितामा सहभागी हुन आमा उर्मिला कुमारी साहले हौसला र प्रेरणा प्रदान गर्दै आएको पनि आकृती वताउछिन ।aakriti 1

 मिस नेपाल २०२२ अन्तरगतको प्रतियोगितामा सेमिफाइनल राउण्डमा प्रवेश गरेर तालिममा व्यस्त रहेकी १९ बर्षिया आकृती आफनो परिवार नातेदारहरुका साथै शिक्षक साथीहरुको माया र आर्शिवादले सफदलता प्राप्त गर्दै आएको समेत वताउछिन । आकृती सहित अहिले मिस नेपालको ताज पहिरिन  २४ जना प्रतियोगी  क्षमता र दक्षतालाई निखार्न  तालिम लिइरहेका छन । मिस नेपालको प्रतिस्पर्धामा रहेकाहरु २४ जना सेमिफाइनलमा रहेकाहरु मध्येबाट भोटको आधारमा मिस पपुलर च्वाइसको आधारमा सिधै फाइनलमा १२ जना लान सक्ने भएकाले  प्रतियोगी नम्बर ६ मा रहेकी आकृतीले आफुलाई खल्ति एप मार्फत भोट गर्न सकिने वताइन । उनले भोट दिनको लागि खल्ति एप डाउनलोड गरेर इभेन्ट सेक्सनमा गएर सिधै उनको प्रतियोगी नम्बर ६ मा भोट गर्न सक्ने जानकारी गराईन ।