धनकुटा । आत्मा साक्षि राखि, मन वचन र कर्मले सहयोग गरौं 

भन्दै धनकुटामा अक्षयकोष स्थापनाका साथमा स्वास्थ्य सम्बन्धी ६ वटा 

उद्धेश्यका साथ दुर्गा लक्ष्मी परोपकार संस्थाको शुभारम्भ भएको छ । 

उक्त संस्थाको केन्द्रीय कार्यालय धनकुटामा संस्थाका केन्द्रीय अध्यक्ष 

लोकेन्द्र श्रेष्ठ ईश्वरको अध्यक्षता एवं प्रदेश १ का भुमी व्यवस्था, शहरी 

तथा गरिवि निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यतामा व्यानरमा 

लेखिएको संस्थाको नाम बाचनका साथ शुभारम्भ गर्नुभएको छ । उक्त 

संस्थाको उद्घाटन गर्नु हुदै मन्त्री सरावगीले परोपकार जस्ता संस्थाहरुले 

विना भेदभाव सामाजिक सेवामा लाग्नु बताउदै निस्वार्थ भावानाले काम गर्न सके 

सबैको मन जित्न सकिने हुँदा संस्थाले राखेको नारा जस्तै काम गर्न उहाँले 

सुझाव दिनुभयो । 

देश भरि आफनो शाखा स्थापना गरि स्वास्थ्य सम्बन्धि सम्पूर्ण काम गर्ने 

उद्धेश्यले जिल्लाको धनकुटा नगरपालिकामा केन्द्रिय कार्यालय रहने गरि 

उक्त संस्थाको शुभारम्भ गरिएको संस्थाका केन्द्रिय अध्यक्ष श्रेष्ठले 

जानकारी दिनुभयो । यस संस्थाले वृद्धाश्रम, अनाथ आश्रम, पिछडिएका वर्ग तथा 

वालवालिकाका क्षेत्रमा भएका स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान गर्न विषेश 

पहल गर्ने बताउनु भयो ।

स्वास्थ्यसँग सम्बन्धि ६ वटा उद्धेश्य र अन्य उद्देश्य सहित नेपाल अर्वुदरोग 

निवारण संस्थाका पुर्व अध्यक्ष समेत रहनु भएका धनकुटा निवासी श्रेष्ठले 

जिल्लामा स्वास्थ्य सम्बन्धी पाठेघरको क्यान्सर परिक्षणका लागि 

प्यापस्मेयर टेस्ट, धुम्रपान नियन्त्रणकालागि अभियानलगायतका कार्यक्रम 

समेत सञ्चालन गर्दै आउनु भएको छ ।संस्थाकि जिल्ला अध्यक्ष सरस्वती श्रेष्ठको हातबाट तीनलाख ५५ हजारको 

अक्षयकोष स्थापनाकालागि प्रमुख अतिथि सरावगीलाई हस्तान्तर गरिएको चेक 

प्रमुख अतिथि सरावगीले संस्थाका कोषाध्यक्ष महेस श्रेष्ठलाई संस्थाको 

समुद्घाटनको अवसरमा हस्तान्तरण गर्नु भएको छ ।

बुबा दुर्गा बहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको नामबाट परोपकार संस्था दर्ता 

गरी सामाजिक विभेदलाई न्युनिकरणकालागि पनि यस संस्थाले काम गर्ने, 

ग्रैहनाफा मुलक संस्थाका रूपमा समाजमा एउटा व्याक्तिले तीनलाख 

बढिको अक्षयकोष स्थापना गर्नु समाजकालागि सामाजिक काम मात्र नभएर नमुना 

योग्य रहेको पालिका प्रमुखहरुले बताउनु भयो । उक्त संस्थाको उन्नती 

र प्रगतिकालागि संस्थालाई स्थानीय सरकारले सँगसँगै राखेर अगाडि बढ्नुका 

साथै आर्थिकलगायतको सहयोग गर्ने कार्यक्रममा उपस्थित पालिका प्रमुखहरुले 

प्रतिबद्धता जनाउनु भयो । 

स्थानीय सरकारले गर्ने गतिविधिहरूमा नेपाल सरकारबाट पारित भई आएका 

कुराहरु सार्वजनिक ठाउँ जस्तै कलेज, सभा समारोह, मठ मन्दिर, पार्क सडकमा 

धुम्रपान निशेध गर्ने, क्यान्सर रोग निवारण, स्थानीय स्तरमै खेर गईरहेका 

कच्चापदार्थहरुलाई मायाको चिनो जस्ता कलात्मकताले भरिएको आर्कषक 

सामाग्री बनाउन विभिन्न सचेतना मुलक तालिम नविनतम खोज सहितको गतिविधिमा 

लाग्न संस्थाका केन्द्रीय अध्यक्ष श्रेष्ठले अनुरोध गर्नुभयो । 

विश्रान्ति मन्दिर व्यावस्थापन समिति महासचिव जनार्दन घिमिरे (गोठाले)ले 

सञ्चालन गर्नु भएको उक्त कार्याक्रममा उक्त कार्यक्रममा धनकुटा 

नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, महालक्ष्मी नगरपालिकाका प्रमुख धुब्रराज 

राय, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ, छथरजोरपाटी 

गाउँपालिकाका अध्यक्ष छत्र सुव्बा लगायतले शुभकामना दिनुहुदै सस्थाले नाम 

जस्तै निस्वार्थ भावानाले काम गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

285253801_739996013803252_607623178978712252_n

285285592_3368695010024985_6371389224591696425_n