काठमाडौं/ काठमाडौंको फर्पिङस्थित जंगलमा दुई जना मृत फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा दुई जना मृत फेला परेका हुन् । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको वट्टा समेत बरामद गरेको छ । उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फेला परेका छन्, मृतकको शव नजिकबाट विषादीको बट्टा समेत बरामद भएको छ’ काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले भन्नुभयो, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




















