रुपन्देही/ रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाएका ९ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मृतक ९जना मध्ये ८ जनाको सनाखत भएको रुपन्देहीका एसपी रबिन्द्र रेग्मीले बताउनुभयो ।
आइतबार बिहान जनपकुरबाट भैरहवा आउँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस भैहरवा–परासी हुलाकी सडक खण्डको पुलबाट खसेको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा ३ जना भारतिय नागरिक छन् । भारतीय नागरिक अरविन्द शर्मा, नागेन्द्र शर्मा र संजय गुप्ताको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा तिलोत्तमा नगरपालिका २ योगीबुटी घरभएका भएका५६वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उपमहानगरपािलका वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल, रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् र तिलोत्तमा–८ घर भएकी तुलसी बस्याल छन् । एकजना मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी रेग्मीले जानकारी दिनुभयो ।




















