इटहरी । कपिलबस्तुका मुस्लीम समुदायहरुले हजंको शुल्क बढी लिएकोमा आपत्ति जनाएको छन् । बिगत बर्षभन्दा यो बर्ष हजंको शुल्क ३ गुणाले बढी भएको छ । २०७५ सालमा हजंको शुल्क २ लाख ३० हजार थियो भने अहिले आएर हजंको शुल्क ४ लाख ६३ हजार ३ सय ९२ पुगेको छ । हजंको शुल्क कमभएन भने चर्को अन्दोलन गर्ने मुस्लिम समुदायहरुले बताएका छन् ।
मुस्लिम समुदायहरुले हजंको शुल्क बिगतका बर्षभन्दा ३ गुणा बढीलिएकोमा यसमा हाम्रो घोर आपत्ति छ । न्यून आए भएका व्यतिहरुलाई हजं कसरी गर्ने यसमा नेपाल सरकार र हजं कमिटीले यसमा ध्यान दिन जरुरी छ ।
नेपाल एउटा गरिब देश हो । हजको लागि शुल्क बढाएकोमा हाम्रो धोर आपत्ति छ । कोविड संक्रमण सकिएपछि ३ गुणाले हजको शुल्क बढाएकोमा हाम्रो आपत्ति छ ।यसमा मुस्लिम समुदाय हज गर्नका लागि चुनौती थपेको छ । यसमा हज कमिटि , मुस्लिम आयोगले ध्यान दिन जरुरी छ ।
दुई बर्ष कोभिडको संक्रमण जोखिमका कारण नेपालबाट हजयात्रा रोकिएको थियो । यसअघि मंसिर महिनामा नै हजयात्राको कोटा निर्धारण भई हजयात्राका लागि आवश्यक तयारी कार्य सन्चालन हुने भएपनि यस बर्ष छोटो अवधिमा हजयात्रालाई अगाडि बढाउने भन्दै ६५ बर्ष उमेर भएका र कोभिड १९को बिरुद्धको खोप लगाइसकेको ४८५ हज प्रतिनिधिमण्डल सहति नेपाली ईस्लामी धर्मालम्बीहरुले मात्र हजयात्रा गर्न सक्ने साउदी सरकारको निर्णयलाई नेपाल सरकार पराष्ट मन्त्रालय अन्तर्गत साउदी अरबको मान्यतास्थित व्यवस्थापन कार्य अगाडि बढाएको थियो ।
यस बिषयमा हज कमिटीको अध्यक्ष शमशेर मियाँ अन्सारीले साउदी सरकारले शुल्क बढाएको बताउनु भयो ।




















