खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिकामा नेकपा एमाले ले अध्यक्ष सहित सबै वडाका वडाअध्यक्ष लागी उम्मेद्वारी दर्ता गराएको छ ।

गाउँपालिका अध्यक्षका लागि महिला नेत्री गोमा मगर,उपाध्यक्ष जिवन राइ लगाएत सबै वडाका वडा अध्यक्ष सहित मनोनयन दर्ता गरेको हो । 

 ६ वटा वडा रहेको बराहापोखरी गाउँपालिकाको वडा तर्फ शिव श्रेष्ठ १ नम्बर वडा ,भुपजित  तामाङ २ नम्बर वडा ,ताराकान्त राई ३ नम्बर वडा ,सेवन राई ४ नम्बर वडा  ,फौदराज राई ५ नम्बर वडा र   दिल बहादुर राई ६ नम्बर वडाको वडा अध्यक्षपदमा  उमेदवारी दर्ता गरेका छन ।received_553633996372772

त्यसै गरि लामो समयसम्म पार्टीको कार्यकर्ता  भएर काम गरे सगै  पुर्ब गाउपालिका उपाध्यक्ष समेत रहनु भएकी मगरले हाल स्थानीय मतदाताहरुको रोजाइमा चुनिएर अध्यक्ष पदमा उम्मेद्बारी दिइएको जानकारी दिनुभएको छ ।received_1148268032598866