सुनसरी /नेपाल सहकारी वित्तीय संस्था ली। ले आफ्नो थप नयाँ शाखा इटहरीमा विस्तार गरेको छ । सुनसरीको व्यापारीका केन्द्र इटहरीमा  आइतबार विधिगत रुपमा बिस्तार गरिएको हो । 

यस सहकारीले यसै गरि सबै नेपाली को विश्वास कायम गर्दै अझै नेपाल भरि धेरै भन्दा धेरै शाखा विस्तार गर्दै जा ओस भन्ने शुभकामना प्रदान गर्दै ,सहकारी खोल्नु मात्रै ठुलो कुरा होइन यसलाई दिगो अनि विश्वसनिय बनाउनु पर्नेमा प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल बताउनुभयो ।

नेपाल सहकारी वित्तीय संस्थाका केन्द्रिय अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराईले  देशका बिभिन्न ठाउ मा आवश्यकता अनुसार बिस्तार सहकारीको शाखा बिस्तार गर्ने गरेको बताउनुभयो ।  पछिलो समय इटहरी पुर्ब क्षेत्रकै व्यापारीका हक बनेकाले गर्दा १२ औ शाखा सञ्चालन गरेको जानकारी दिनुभयो  ।

इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलको प्रमुख अतिथिमा भएको कार्यक्रमको  अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराई विशेष अतिथि इटहरी होटल तथा लज को अध्यक्ष उमेश दाहाल , अतिथिहरूमा नेपाल सहकारी वित्तीय संस्थाका उपाध्यक्ष रोहित भट्टराई, कोषाध्यक्ष लोकनाथ गौतम ,सदस्य राजन तिवारी ,पोखरा शाखाका संयोजक दिलकुमार श्रेष्ठ , साहित्यकार रमा राधा  लगायतको उपस्थिति रहेको थियो ।