सुनसरी/ १३ औ दिनको दिन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्दै आएको गाडी कार्यलयमा ल्याइएको छ ।  राष्ट्रिय अनुसन्धान आयोगले अनुसन्धान गरेपछि नगरप्रमुख द्धारिकलाल चौधरीले उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्दै गरेको गाडी कार्यलयमा ल्याएका हुन् ।

कार्यालयको काममा उपमेयर लक्ष्मी गौतमलाई लिएर काठमाण्डौ पुगेको गाडी तुरुन्त ल्याउन चालकलाई निर्देशन दिई आफ्नो  घरमा १३ औ दिन सम्म राखेको गाडी राष्ट्रिय अनुसन्धानको छानबिन पछि मात्र नगर प्रमुख चौधरीले कार्यलयमा ल्याएका हुन् । 
गत फागुन ३० गते सरकारी कामलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको पत्र सहित को १ झ ५५६ नम्बरको गाडीमा राजधानी गएकी उपमेयर गौतमले निजी प्रयोजनका लागि सरकारी गाडी दुरुपयोग गरेको भन्दै मेयरले चालक यादव सापकोटालाई फोन गरेर तुरुन्त गाडी ल्याउन निर्देशन दिई उक्त गाडी आफ्नो घरमा राखेका थिए  । गाडी मेयरले आफ्नो आँगनमा पार्क गरेर राखेका १३ औ दिनमा कार्यलयमा गाडी आएको समचार स्रोतले जानकारी दिएको छ । 
आफूसँग निजी तथा कार्यलयबाट प्रयोग गर्दै आएको कुनै पनि सवारी साधन नभएकै कारण उपमेयर गौतम सार्वजनिक कार्यक्रममा हिँड्दा अटो र सिटि सफारीमा यात्रा गर्न थालेकी छन् । उहाले आफु जनताको छोरी  भएकाले गर्दा  सार्वजनिक यातायातमा तथा पैदल यात्रा गरेर भए पनि कार्यकाल सफल पार्ने उपमेयर गौतमले बताउनु भयो ।  कार्यलयमा गाडी आए पनि आफूले चाबी नमाग्ने समेत उहाले बताउनुभयो । 
उहाले आफूले प्रयोग गर्दै आएको गाडी मेयर द्धारिकलाल चौधरीले चैत १ गतेबाट आफूसँग खोसेर आफ्नो आगनमा पार्किङ गरेर राखेका कारण आफू जनताको काममा  सिटी सफारी र अटोमै हिड्ने गरेको उहाले बताउनुभयो ।  उहाले सञ्चारकर्मी सँग कुरा गर्दै भन्नुभयो “उँहा पो नगरप्रमुख मोही किसानको छोरो हुनुहन्छ र आफै तथा कार्यलयको गाडी समेत घरमा राख्न सक्नुहुन्छ म त जनताको छोरी हु सार्वजनिक यातायातमा गडेर भए पनि जनताको सेवा गछु ।”
नगरप्रमुख चौधरी तथा उपमेय गौतम दुबै आगामी निर्वाचनमा पुन मेयरको आकांक्षी हुन् । आकाङ्क्षी भएकै कारण उपमेयर आफ्नो विरुद्धमा लागेको र चुनावकै लागि टिकट लविङ्ग गर्न कार्यालयको गाडी लिएर काठमाण्डौ गएको भन्दै जनतालाई आफ्नो प्रभावमा पार्न गाडी दुरुपयोगको आरोप लगाएका हुन सक्ने उपमेयर लक्ष्मी गौतमले बताउनुभयो ।