सुनसरीको इटहरीमा विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीका लागी प्रदेश स्तरीय छलफल तथा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय सरकार, प्रदेश सरकारका जनप्रतिनिधि , ट्राफिक प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेनाका सरोकारवाला निकायका बिच सम्पन्न भएको उत्त कार्यक्रममा जोखिम न्यूनिकरणका लागी छलफल भएको छ । प्रदेश १ मा पनि डुबानको हिसाबले सबै भन्दा जोखिम रहेको  सुनसरी लगायतका जिल्लाहरूमा विपद र त्यको न्यूनिकरणका लागी के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले इटहरी डुबानमा स्थानीय सरकारले काम गरेको तर प्रभावकारी नभएको बताउनु भएको छ । विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीका लागी प्रदेश स्तरीय बहुसरोकारवाला प्लेटफर्म निमाण तथा परिचालन सम्बन्धी समन्वय बैठकमा बोल्दै सुनसरी जिल्ला फुटबल सघंका कोषध्यक्ष कोविद जंघ कार्कीले हरेक क्षेत्रलाई जोखिमबाट बजाउन पर्याप्त स्रोत साधनका साथै त्यो स्रोत साधनको परिचालन गर्न दक्ष कर्मचारी आवश्यक पर्ने बताउनु भएको छ । प्रदेशमा हने सम्भावित जोखिम र त्यसको न्युनिकरणका लागी प्रहरी सशस्त्र प्रहरीको भूमिका अब्बल भएपनि यनिहरुलाई सहयोग पुर्याउन सबै क्षेत्रबाट लाग्नुपर्ने पनि कार्कीले बताउनु भएको छ । 

प्रदेश १ का विभिन्न क्षेत्रमा विपद र त्यसले पुर्याएको भौतिक तथा मानविय जोखिमका लागी बेलैमा ध्यान दिएर जोखिम क्षेत्रको निरीक्षण गर्दै अगाडी बढ्न समेत कार्यक्रममा सहभागीहरुले बताएका छन् । उक्त कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने यो कार्यक्रमको आयोजकमा युवा विकास केन्द्र इटहरीले गरेको थियो साथै साझेदारीमा एसिया प्यासिफिक एलायन्सको भूमिका रहेको थियो ।

276002198_710782646619339_89877142926026100_n276082209_297521189192265_3201621783561532338_n