माेरङ/ फागुन २२ गते आइतबार बिहान ६ बजे देखि मोरङको कानेपोखरी गाउँपालिका-३ राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला घरबाट सम्पर्क बिहिन भएका छन् । 

आफ्नो मोबाइल घरमै छोडेर घरदेखि निस्केका कोइरालालाई स्थानीयले घरदेखि डेढ किलोमिटर उत्तरमा रहेको जय नेपाल चोक सम्म देखेक‍ो बताए । घरमा त्यस्तो केही झैझगडा नभएको उनका छोरा रोशन कोइरालाले बताए । 

घरमा केही दिन अगाडि अंशवण्डा पछि केही बिवाद सिर्जना भएपछी उनी घर छाडेर हिडेका थिए  । कालो र सेतो रङ्गको ज्याकेट , कालो पेन्ट , कालोसेतो रङ्गको उनीको‍ सर्ट , कालो रङ्गको गोल्डस्टार जुत्ता र गलबन्दी लगाएर घरबाट निस्केका कोइराला हालसम्म घर नफर्किए पछि परिवारले खाजिदिन अाग्रह समेत गरेका छन्  । 

छोरा रोशन कोइराला र बाबुराम कोइरालाले बाबुको खोजिका लागि आफन्न नातेदार सबै तिर सम्पर्क गरिसकेका छन्  । दाजुभाइ , दिदिबहिनी , नातेदार र आफ्न सबैलाई देख्नु हुने र भेट्नु हुने खबर गरिदिन परिवारले  आग्रह गरेका छन् । 

 शालिग्राम कोइरालाले कसैले काहिँ कतै देखेमा वा भेटेमा ९८०७०८०१९२ मा वा ९८२४३९५०२३ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिनु हुन भाइ शालिग्राम काेइरालाले अनुराेध गरेका छन् ।IMG_20220307_205158