रामधुनी :  दगाउँ सिनुवारी बहुमुखी क्याम्पस को भवन शिलान्यास भएको छ ।  रामधुनी वडा नं। ३ पिप्राहामा १० कठ्ठा क्षेत्रफलमा भवन शिलान्यास नगरप्रमुख जय प्रकाश चौधरीले  गरेका  हुन । 

क्याम्पसको ८ करोड ६३ लाखको लागतमा १८ कोठे तिन तल्ले भवन निर्माण गर्न लागेको व्यवस्थापक समितिका अध्यक्ष फौदसिंह थापाले जानकारी दिए ।  आफनै भवनमा अध्यनअध्यापन गर्न सहज हुने भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्ने   समितिले जनाएको छ ।

भवन निर्माणकालागि रामधुनी नगरपालिकाले बहुबर्षिय क्रमागत रुपमा बजेट उपलब्ध गराउँने भएको छ । बिश्वबिद्यालय अनुदान आयोगले पनि सुरुमा ५० लाख दिने भएको छ भने भवनकालागि क्रमागत रुपमा बजेट उपलब्ध गराउने भएको क्याम्पस प्रमुख गोविन्द प्रसाद निरौलाले बताए । यसैगरी प्रदेश सरकार,सांसदकोष, जनसहभागिता, आन्तरिक स्रोतबाट बजेट रकम जुटाउने क्याम्पस प्रमुख निरौलाले जानकारी दिए ।

रामधुनी नगर आसपासका बिपन्न बिद्यार्थिहरुलाई सहभागी गराई सहुलियत रुपमा क्याम्पसले उच्च शिक्षाकालागि प्रोत्साहन गरिरहेको छ । क्याम्पसमा अहिले ब्यवस्थापन तर्फको बिबिएस र शिक्षा तर्फको बिएड संचालनमा छ । आगामी दिनमा बहुप्राविधिक शिक्षामा जोड दिनु पर्ने क्याम्पस भवन शिलान्यास कार्यक्रममाका  प्रमुख अतिथि मेयर जय प्रकाश चौधरीले  जानकारी दिनुभयो ।

01

02