इटहरी , १४ फ्रेबुअरी अर्थात् प्रेम दिवस । विश्वभरका मायालु जोडीले यो दिनलाई माया साटेर मनाउने गर्दछन् । नेपालमा पनि प्रेम दिवसको रौनकले छोएको लामै समय भइसकेको छ ।
पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले भ्यालेन्टाइन डेको अवसर पारेर स्पेशल फोटोसुट गराएका छन् । प्रेम दिवसको अवसर पारेर तामाङले र मैथिली चलचित्र का नाइका तथा मोडेल मेनुका माझी सँग फोटो खिचाएका हुन् । थ्री स्टार क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भएका तामाङ फुटबल छोडेपछि मोडलको रुपमा तस्वीरहरुमा देँखिदै आएका छन् । त्यस्तै ‘धान गहु होता हे’ गीतबाट म्युजिक भिडियो मोडलिङ्गमा डेब्यु गरेकी मोडल मेनुका माझी सुरेन्द्रसंग भ्यालेन्टाईन पोजमा देखिएकी हुन् । उनले मैथिली र भोजपुरी गरेर करिव ९०वटा भिडियोमा अभिनय गरि सकेकी छिन् ।
द सेकेन्ड क्लोथको डिजाइन, पेस्को मेकअप स्टुडियोको मेकअप रहेको उक्त फोटोसुट पेस्को मेकअप स्टुडियो तथा पेस्को इन्टरटेनमेन्टकी संचालिका समेत रहेकी मनिता तामाङको कोरियोग्राफीमा इटहरीमा फोटो खिचिएका हुन् ।
कोरियोग्राफर मनिता तामाङ प्रम दिवस को अवसरमा प्रेम दिवस वारेयस्तो बताउछीन 'प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो। कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ। त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो। प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्छ। मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात भ्यालेटाइन डे! यो दिनले धेरै मनबीचको पर्खाल भत्काउँछ। सीमारेखाहरू मेटाउँछ र दुई मुटुलाई एक गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ । त्यसैले हरेक वर्ष प्रेम दिवसको दिन फोटो सेसन को आयोजना गरीरहेको छु '। इटहरी स्थित पाथिभरा होटलमा कोशी भिजन फिल्मिस प्रा।लिका सुमान तामाङले लिएका केही तस्विरहरू




























