उर्लाबारी । नेपाली कांग्रेस प्रदेश १ का सह-महामन्त्रि खड्ग फागो शनिबार नेपाली काग्रेसको पालिका स्तरिय पार्टी कार्यालय उद्घाटन गर्न पौष २४ गते शनिबार धनकुटा जाने भएका छन् ।
सह-महामन्त्रि फागो जिल्लाको चौविसे गाउँपालिकाको पार्टी कार्यालय उद्घाटन् गर्न प्रमुख अथितिका रुपमा धनकुटा आउने कार्यक्रम तय भएको चौविसे गाउपालिकाका सभापति बिजु राईले बताए ।
राईका अनुसार कार्यालयको उद्घान् जिल्लाका पार्टी सभापति दिनेश राई र प्रदेश १ का सह-महामन्त्रि फागोले संयुक्त रुपमा गर्ने योजना रहेको बताए ।




















