इटहरी । नीजि तथा आवासिय विद्यालय अर्गनाजेसन नेपाल सुनसरीको १५औं अधिवेशनले अनुप योञ्जन तामागंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको वशिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल उपाध्यक्षमा रमेश कार्की र विजयकुमार ,सचिवमा गणेश भण्डारी , सहसचिव गोपाल निरौला र मनोजकुमार यादव ,कोषाध्यक्षमा दिपककुमार कार्की र सहकोषाध्यक्षमा पुरुषोतम राई चयन भएका हुन ।
निवर्तमान अध्यक्ष विष्णुप्रसाद कोइरालाको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सल्लाहाकार शंकर थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले २२ सदसिय समिति गठन गरेको छ ।
जिल्ला भरिका नगर गाउँ समितिलाई समेत समेटेर नयाँ कार्यसमिति वनाइएको हो ।
सर्वसम्मत चयन भएको नयाँ कार्य समितिको सदस्यहरुमा केवलमणी रिजाल , सुभाष तामागं , अन्तीराम चौधरी ,नारायण सुवेदी लगायत रहेको प्याब्सन सुनसरीका कर्मचारी रञ्जन भट्टराईले जानकारी दिए ।
अधिवेशनमा प्याब्सन केन्द्रीय सदस्य कविन्द्र मण्डल , प्रदेस नम्बर १का सचिव सुमित थापा , प्रदेस सदस्य ज्ञानेन्द्र दाहाल लगायतको उपस्थिती रहेको थियो ।




















