इटहरी । कोरोना कहर चलिरहदा चौतर्फी असर परिरहेको समयमा त्यसको प्रवाह नराखि स्थापना गरिरहेको सुनसरीको इटहरीमा रहेको सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्थाले अपेक्षाकृत प्रगति गर्न सफल भएको सरोकारवालाहरुले वताएका छन ।  

     इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा गत वर्ष स्थापना भएको सोमेश्वर रुद्राक्षले एक वर्षको अवधिमा ३लाख ९६हजार ४सय ५५रुपैयामा आम्दानी गरेर अपेक्षा भन्दा वढी नै प्रगति गरेको कार्यक्रमका अतिथीहरुले वताएका हुन ।IMG_3162

   कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका सहकारी शाखाका उपप्रमुख सुमन पौडेलले सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था स्थापनाको समय देखि आफुले नजिकवाट हेरेको र अहिलेको प्रगति देख्दा इटहरीमा अहिले सञ्चालन भईरहेका ठुलो सहकारीको हैसियतमा पुग्न समय नलाग्ने वताए ।

त्यसै गरी सहकारीका सञ्चालक समेत रहेका उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेले कोरोना कहरको समयमा सहकारी स्थापना गरेर अहिले अवस्था सम्म ल्याउनु सामान्य कुरा नभएको वताए । कार्यक्रमका विशिष्ट अतिथी एभिन्युज खवरका प्रदेश नम्बर १का ब्युरो प्रमुख सचिन पोखरेलले पनि बोलेका थिए ।

 संस्थाका अध्यक्ष विनोदलाल शाहको अध्यक्षतामा भएको कार्याक्रममा उत्कृष्ट काम गर्ने कर्मचारीहरु जसोदाकुमारी साह , भवानी साह र रमिता चौधरीलाई सम्मान गरियो । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा संस्थाले २करोड ४२लाख ९८ हजार ९सय वढी बचत संकलन गर्न सफल भएको समेत जानकारी गराइयो ।