इलाम । पछिल्लो केही वर्ष यता देखि पुर्वी नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनमा पिकनिक खानेहरुले समेत महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।
खास गरी जाडो मौषममा पिकनिक खानेहरु एक ठाउँबाट अर्काे ठाँउमा जाने गर क्रम वढीरहेसंगै आन्तरिक पर्यटन प्रवद्र्धनमा पिकनिकको समेत महत्वपुर्ण योगदान पुर्याउन थालेको हो ।
कोरोना कहरका कारण लामो समय देखि पर्यटन क्षेत्र प्रभावित बन्दै आइरहेको थियो भने कोरोना कहर कम हुदै आएर जनजिवन सामान्य तर्फ उन्मुख बन्दै आउन थालेको समयमा जाडो मौषम सुरु भएसंगै पुर्वका पर्यटकीय क्षेत्रहरुमा पिकनिक खानेहरुको भिडलाग्न थालेको छ । प्रदेश नम्बर १ कै एक पर्यटकीय क्षेत्र कन्याममा जाडो सुरु भएसंगै पिकनिक खान आउनेहरुको भिड लाग्न थालेको छ ।
इलाममा धेरै पर्यटकीय क्षेत्र भएपनि सडक सञ्जालले नजिक रहेको कन्याम तराई क्षेत्रबाट आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरुको मुख्य रोजाईमा पर्ने गरेको छ । जाडो मौषममा पिकनिक खान आउनेहरुको पनि प्रमुख रोजाईमा कन्याम पर्ने गरेको छ ।
इलामको सुर्योदय नगरपालिकामा पर्ने पर्यटन प्रवद्र्धनका दृष्टिकोणले महत्वपुर्ण रहेको कन्याम क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने गरी नागरपालिकाले सडकआसपासको क्षेत्रमा टायल विछ्याउने , छापा टहराहरु हटाएर आधुनिक घुम्ती पसल सञ्चालन गर्न मिल्ने ठेलाहरु वनाएर व्यवस्थित रुपमा राख्ने देखि सिडीं वनाउने कार्यले समेत कन्याम क्षेत्र आकर्षक देखिन थालेको छ । चिसो हावापानी रहेको मन लोभ्याउने चिया वगान क्षेत्र र पिकनिक खानेहरुका लागि वनाइएका पिकनिक स्पोटहरुले मन लोभ्याउने वेलवारीबाट पिकनिक खान आएका छत्र कार्की वताउछन ।
पहिलेको तुलनामा कन्याममा सेवासुविधाहरु वढाईएको र आकर्षक वनाइएकोले पनि शैचालयको राम्रो व्यवस्थान नभएकोले शौचालय व्यवस्थित वनाउनु पर्ने उनले सुझाव दिए ।
तराई तिरका दृष्यावलोकन गर्न सकिने आदि कारणले कन्याम पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।
पर्यटकीय क्षेत्र इलामको कन्या घुम्न आउनेहरु आन्तरिक पर्यटकहरुको संख्यालाई मध्यनजर गर्दै कन्यामलाई सिगारिए पनि पिकनिक स्पोटहरुमा पानी र विद्युत लाईको राम्रो व्यवस्था नभएको अन्य आन्तरिक पर्यटकहरुले गुनासो गरेका छन ।
रमणीय ठाउँ छ अहिले अझ आकर्षक वनाइएको रहेको छ तर पानी ,लाईन र शौचालयको राम्रो व्यवस्था नभएको तर्फ सम्वन्धीत निकायको ध्यान पुग्नु पर्नेमा आन्तरिक पर्यटकहरुले जोड दिएका छन ।
इलाममा अन्य पर्यटकीय क्षेत्र भएपनि आन्तरिक तथा छिमेकी मुलुक भारतवाट आउने पर्यटकहरुको मुख्य रोजाईमा कन्याम पर्ने गरेको छ । यातायातको सहजताले गर्दा कन्याम पुगेर एकै दिन फर्कन सकिने भएको कारण पनि पुर्वी तराई र छिमेकी मुलुक भारतवाट समेत जाडो मौषममा पिकनिक खान ठुलो संख्यामा पर्यटकहरु आउने गरेका छन ।




















