इटहरी । सञ्चारकर्मीहरुको अन्तर प्रदेस भ्रमण आदानप्रदान अन्र्तगत लुम्बिनी प्रदेसको सञ्चारकर्मीहरुको एक टोली प्रदेस नम्बर १को भ्रमण गरेको छ ।

    पर्यटन प्रवद्र्धन साथै भौतिक विकास तथा मानविय विकासमा सञ्चार जगतका माध्यमबाट सहयोग पुरयाउने उद्धेश्यले प्रदेस नम्बर १ र लुम्विनी प्रदेसका सञ्चारकर्मीहरु विच सुरु भएको भ्रमण आदान प्रदान कार्यक्रम अन्तर्ग सञ्चारकर्मीकोे टोली प्रदेस नम्बर १ आएको हो ।

   सौर्य एयलाइन्सले  प्रदेस नम्बर १ को राजधानी विराटनगर र लुम्विनी प्रदेसको भैरहवाको दैनिक  सिधा उडान प्रारम्भ गरेसंगै सञ्चारकर्मीहरुको अन्तर प्रदेस भ्रमण आदानप्रदान समेत सुरु भएको छ ।WhatsApp Image 2021-11-15 at 13.29.34 (26)

अन्तर प्रदेस भ्रमण आदानप्रदान गर्ने क्रममा एभिन्युज खवरका प्रदेस १ ब्युरो प्रमुख सचिन पोखरेलको नेतृत्वको सञ्चारकर्मी एक  टोलीले यस अघिनै  लुम्बिनी प्रदेसको भ्रमण गरेको छ ।

भने लुम्विनी प्रदेसका सञ्चारकर्मीलाई पनि प्रदेस नम्बर १को भ्रमणको निम्ता गरिए बमोजिम लुम्बिनी प्रदेसबाट अग्रज सञ्चारकर्मी चेतन पन्त, दामोदर खनाल लगायतका सञ्चारकर्मीहरु सुनसरी र मोरगंको भ्रमण गरी फर्किएको छ ।WhatsApp Image 2021-11-15 at 13.29.34 (31)

भ्रमण आदानप्रदानले दुवै प्रदेसका पर्यटकीय क्षेत्रका साथै भौतिक तथा मानवीय विकासमा सहयोग पुग्ने गरी प्रचारप्रसारमा सञ्चारकर्मीहरुको  सहभागिता वढ्ने दुवै प्रदेसका सञ्चारकर्मीहरुले विश्वास गरे ।

प्रदेस नम्बर १को भ्रमणमा आएका लुम्विनीका सञ्चारकर्मीहरुलाई उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल , नेपाली काग्रेस इटहरीका  उप सभापति कोविदजगं कार्की ,एभि न्युज खवरका प्रदेस नम्बर १का व्युरो प्रमुख सचिन पोखरेल लगायतले मायाको चिनो सहित विदाई गरे ।