इटहरी । भ्रष्टाचार र बेथितिको विरुद्धमा संगठीत भएर सुशान कायम गर्ने आवाज उठाउदै आएको सुशासन अभियानले सुनसरीमा एक कार्यक्रमको आयोजना गरेको छ ।

    राजनैतिक वेइमानीका कारण देशमा भ्रष्टाचार र वेथिति बढी रहेको ठहर गर्दै अभियान चलाउदै आएको सुशासन अभियानले भ्रष्टार र वेथिति विरुद्ध संगठीत हुन आह्वान गर्न कार्यक्रमको आयोजना गरेको हो ।

  देशमा सुशासन नभएका कारण चौतर्फ रुपमा समस्या रहेको भन्दै सुशासन अभियान सञ्चालन गर्दै आएका पुर्व डिआइजी रमेश खरेलले सञ्चालन गर्दै आएको अभियानलाई नेपाल सुशासन पार्टीका रुपमा रुपान्तरण गर्ने अभियानमा खरेल लगायतका टोली पुर्वी नेपाल आइपुगेको छ ।WhatsApp Image 2021-11-15 at 12.27.41 (1) कार्यक्रममा विभिन्न कालखण्डहरुमा राजनैतिक परिर्वतन भएपनि सुशासन कायम हुन नसकेको समृद्धि तर्फ मुलुक अघि वढ्न नसकेको भन्दै कुनै पनि पाटीले राष्ट्यि स्वाधिनतालाई कायम राख्दै नागरिकको गाँस वास कपास जस्ता न्युनतम आधारभुत आवश्यकता समेत पुरा गर्न नसकेकाले आफैले सुशासन कायम गर्न नेतृत्व लिनु पर्नेमा अवस्था आएकाले आफै सुशासन कायम गर्ने अभियानमा जुट्न खरेलले आग्रह गरे । इटहरीमा आयोजित कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरुको सहभागिता रहेको थियो ।