भैरवहा । भैरहवा विराटनगरको  सिधा उडान सौर्य एयरलाइन्सले सुरु गरेसंगै हवाई माग प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

  नेपाल सरकारको अन्तर प्रदेस हवाई सेवा सञ्चालन गर्ने नीति अनुसार भैरहवा विराटनगरको सौर्य एयरलाइन्सले उडान सुरु गरेसंगै हवाई मार्ग प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको हो ।

 भैरहवावाट ४सय ९६ किलो मिटरको दुरीमा रहेको विराटनगर सम्मको यात्रा ४० मिनेटमै सहज रुपमा गर्न सकिने भएका कारण समेत यात्रुहरुको संख्या दिन प्रतिदिन वढी रहेको छ । सौर्य एयरलाइन्सले सरकारी नीतिलाई कार्यान्वयन गर्दै भैरहवा विराटनगरको उडान सुरु गरेसंगै पर्यटन प्रवद्र्धनका दृष्टिकोणले साथै भैरहवा र विराटनगर दुवै औधोगिक नगर भएका कारण पनि पर्यटक ,व्यवसायी साथै सर्वसाधारण यात्रुहरुको रोजाईमा हवाई मार्ग पर्न थालेको सौर्य एयरलाइन्सको भैरहवा स्टेसन म्यानेजर जितेन्द्र यादव वताउछन ।sz

भैरहवा विराटनगर सिघा उडानले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका साथै स्थलमार्ग बाट झन्झटीलो रुपमा यात्रा गर्नु पर्ने वाध्यता समेत यात्रुहरुलाई हटेको समाजसेवी भरत पोखरेल वताउछन । उनले  हवाई सेवालाई निरन्तरता दिनु पर्नेमा जोड समेत दिए ।  त्यसै गरी औधोगिक नगरीका रुपमा रहेका भैरहवा र विराटनगरलाई हवाई मार्गबाट छोटो समयमा जोड्ने कामले उद्योगी व्यवसायीहरुलाई समेत सहज भएको उद्योग देवकिसन मुदडाले वताए ।sp

यता सौर्य एयरलाइन्सका अध्यक्ष दिपककुमार पोखरले नेपालमै पहिलो पटक जेट एयरलाइन्सबाट आन्तरिक उडान सुरु गरेको सौर्य एयरलाइन्सले विश्वकै वौद्ध धर्मालवम्वीहरुको प्रमुख पर्यटकीय क्षेत्र लुम्विनी  विराटनगरको लामो दुरीको यात्रालाई छोट्याउने काम गरेको वताए । उनले चाडैँ नै चारवटा एटिआर जहाज थपेर अन्य प्रदेसहरुमा पनि अन्तर प्रदेस सिधा उडान गर्ने समेत जानकारी दिए । पर्यटन प्रवद्र्धनका साथै व्यपारीक तथा अन्य यात्रुहरुलाई समेत भैरहवा विराटनगर उडानले सहज वनाएको समेत वताए ।

नेपाल सरकारले काठमाडौ वाहिर पनि अन्य प्रदेसहरुमा अन्तर प्रदेस उडानको नीति लिए बमोजिम सौर्य एयरलाइन्सले भैरहवा विराटनगरको उडान यही कार्तिक २२ गते देखि नियमित रुपमा गर्दै आएको छ ।