उर्लाबारी । नेपाली कांग्रेसको १४ औँ महाअधिवेसन अन्र्तगत यतिवेला प्रदेश सभा क्षेत्रिय निर्वाचनको चटारोले छपक्कै छोपेको छ वडा र नगरस्तरिय निर्वाचन पश्चात यहि मंसिर ३ गतेका लागि प्रदेश सभा क्षेत्रिय समितिको निर्वाचन तालिका सार्वजनिक भएको छ ।
जस अन्र्तगत आगामी ५ वर्षका लागि नया नेतृत्व निर्माणका लागि सभापति पदमा उम्मेद्वारी घोषणा यति बेला धमाधम हुन थालेका छन् । मोरङ क्षेत्र १ (क) को प्रदेश सभा क्षेत्रिय समितिको सभापतिमा उर्लाबारी-७ का वडा अध्यक्ष बीरबल थापा र उर्लाबारी-३ का कांग्रेसका युवा नेता अर्जुन तुम्रोक चुनावी प्रतिषपर्धामा उत्रिने भएका छन् ।
नेपाली काँग्रेस उर्लाबारीका निवर्तमान सभापति वीरबल थापाले मोरङ क्षेत्र नं. १ (क) प्रदेश क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । लामो समय नगर समितिको नेतृत्व गरेकोले स्वभाविक रुपमा आफू प्रदेश क्षेत्रीय सभापतिको उम्मेद्वार रहेको बताउदै उनले उम्मेद्वारी प्रस्तुत गरेको बताए ।
यस्तै कांग्रेस मोरङ क्षेत्र नम्बर १(क) को सभापतिमा अर्जुन तम्रोकले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । उर्लाबारी-३ निवासी नेपाली कांग्रेसका युवा नेता तुम्रोकले क्षेत्र नं. १ (क) को सभापतिमा आफ्नो उम्मेद्वारी रहेको बताए ।
युवाहरु माझ लोकप्रिय तुम्रोकको उम्मेद्वारी सगै युवा कार्यकर्ताहरु उत्साहित बनेका छन् । सामाजिक सेवामा सक्रिय तुम्रोक सहयोगी भावनाका युवाका रुपमा स्थापित नेता हुन् । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. १ (क) को सभापतिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ ।
नेपाली कांग्रेसमा लोकप्रिय रहेका दुवै नेताहरुको एउटै पदमा उम्मेद्वारी परेसगै सभापति पदको निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने बारेमा यतिवेला चिया पसल, सार्वजनिक स्थल र सभासमारोहमा कार्यकर्ता र अन्य जमातका विचमा चर्चा र बहस हुन थालेको छ ।
नेपाली काँग्रेस उर्लाबारीको इतिहासमा लामो समय खर्चेका थापाको बुथ समिति हुँदै तरुण दल उर्लाबारीको सभापति, तरुण दल मोरङको उपसभापति, काँग्रेस उर्लाबारी गाउँ समिति सचिव हुँदै तीन कार्यकाल नगर सभापति सम्मको पदिय जिम्मेवारीको अनुभव अङगाली सेकेको अनुभव थापासग रहेको छ ।
भने सामाजिक क्षेत्रमा सक्रिया युवा नेताको स्थापित परिचय बनाएका तुम्रोकको नेपाली कांग्रेस पार्टीमा राम्रो पकड भएका नेताका रुपमा चिनिन्छन् । तुम्रोकले आफु सभापति भएपछि क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने प्रतिबद्धता सहित १४ औ महाधिवेसनमा आफुले उम्मेद्वारी प्रस्तुत गरको बताए
उनले भने-“इतिहास बोकेको छु भनेर मात्रै हुदैन त्यो बोेकेको इतिहास कतिको लाभदायी र फलदायि रह्यो ! परिणाम के आयो ? त्यो महत्वपुणर् हो । त्यसैकारण परिणाम ल्याउने गरि र प्रत्येक वडामा पार्टीको वडा कार्यालयको व्यवस्थित व्यवस्थापन गर्ने, अर्ध वार्षिक रुपमा प्रदेश (क) अन्तर्गत सबै वडा समितिहरुलाई पार्टी संचालनमा अझ सक्षम र सबल बनाउन नियमित बैठक, छलफल, अन्तरक्रिया र प्रशिक्षणको व्यावस्था गराउने अठोटका साथ १४ औ अधिवेसनमा सभापति पदमा सहभागि भएको तर्र्क छ ।
साथै आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्र्टीभत्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।
यता थापा भने, आफूले पार्टीमा पुर्याएको योगदानका आधारमा आम क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित गराउने अपेक्षा राख्दछन् । थापा भन्छन्- आफुले काँग्रेसको नेतृत्व लिँदै गर्दा सुरुमा पार्टी निकै कमजोर थियो, संगठन विस्तार र पार्टी सुदृढिकरण छलाङ मार्दै अहिले उर्लाबारीमा बलियो काँग्रेस बनाउनमा आफ्नो अहम भुमिका छ भन्दा फरक नर्पला, बलियो र सुदृढिड कांग्रेस आजको आवश्यता भएका कारण सभापति पदमा आफ्नो उम्मेद्वारी रहको उनको तर्क छ ।
पुराना दिनहरुलाई सम्झीदै थापा अगाडी थप्छन्-२०५४ सालको स्थानीय निर्वाचनमा एमालेले सबै सिट जितेको थियो तर २०७४ को निर्वाचनमा काँग्रेसले नगर प्रमुख, पाँच वडाध्यक्षसहित २३ सीटमा जित हाँसिल गर्दा काँग्रेस उर्लाबारीको नेतृत्व हाँक्ने आफू नै रहेको र सफलता हात पारेकाले पनि आम प्रतिनिधिहरुले योगदान र त्यागको सहि मुल्याङकन गरी निर्वाचित गराउनेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।
भने नेपाली काग्रेस पार्टीलाई चलायमान बनाउन पार्टीका विभिन्न भातृसंगठन रहेका छन् । ति संगठनहरु विगत लामो समय देखी छिटफुट रुपमा संचालित भएको स्मरण गर्दै सवै भातृसंगठनहरु लाई चलायमान गराउदै बलियो काग्रेस सवल नेपाल बनाउने अभियानमा लागि पर्ने तुम्रोकको भनाइ छ ।
कांग्रेसका भातृसंगठनहरुमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल भुतपुर्ब शैनिक संघ, नेपाल किसान संघ ,नेपाल प्रजातन्त्र शेनानी संघ, नेपाल आदिबासि तथा जनजाती संघ, नेपाल दलित संघ, र सुभेच्छुक सस्थांहरुमा नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन जस्ता संगठनहरु भएता पनि सवै संगठन चलाएमान नभएका कारण कांग्रेस संगठित हुन नसकेको औल्याउदै सवै संगठनहरुलाई चलायमान बनाई पार्टीलाई सशक्तीकरण गर्ने कार्य गर्ने उनको अठोट रहेको छ ।
भूकम्प, बाढि/पहिलो जस्ता दैवी विपत्ती आईपरेको अवस्थामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु सबैलाई मानवीय धनजनको क्षतिमा सहयोग गर्दै आएका उनले पार्टीलाई सहयोग गर्न र सहयोग जुटाउन सक्रिय हुने जनाएका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङका ६ वटा वडा यस प्रदेश सभा निर्वाचन क्षेत्रमा समेटिएका छन् ।




















