इटहरी । उद्धार नभएका पित्रीहरुको उदार सहित विश्व शान्तिको कामना सुनसरीको इटहरीमा तिन दिनका लागी ञ्युङ्ने महायान उपषोध मौन ब्रत सुरु भएको छ ।

   प्रत्येक वर्ष आयोजना गरिने ञ्युङ्ने महायान उपषोध मौन ब्रत यस वर्ष इटहरीमा तारा रिन्छेन छ्योलिगं गुम्बा र बौद्ध मणिपा संघ इटहरीको आयोजनामा सुरु भएको हो ।

   मौन ब्रत बस्ता उद्धार नभएका पित्रीहरुको उद्धार, पाप नास र पृथ्विमा रहेका प्राणीहरुको कल्याणका लागि निष्ठा र विधिपुर्व बस्ने गरिएको नेपाल तामागं धेदुगंका केन्द्रीय कोषाध्यक्ष सोनाम लामाले जानकारी दिए  ।   IMG_0009


जंगबहादुर घिसगिंको अध्यक्षता तथा गुरु पाल्देन लामाको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रमको उद्घाटन सत्रमा  उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेल, नागरिक  समाज इटहरीका निवर्तमान अध्यक्ष सन्त बहादुर डुम्जन, लगायतको  सहभागिता रहेको थियो ।  तिन दिन सम्म निरहार रुपमा बसिने ञ्युङ्ने महायान उपषोध मौन ब्रत आइतवार समापन हुने जनाइएको छ ।IMG_0056