इटहरी । बेमौषसी वर्षासंगै आएको बाढीका कारण पिडीत वनेकाहरु लाई आज लक्ष्मी  सुनसरीका ६सय बढी घर परिवारलाई  वितरण गर्ने लक्ष्य सहित इटहरीवाट गैर आवासिय नेपाली संघ युकेको सहयोगमा राहत वितरण गर्दै सिजन गुरुगं  ।

 आज लक्ष्मी पुजाको दिन इटहरीको वडा नम्बर ४ रामधुनीको ३ र ८ का १३७ घरपरिवारलाई दोस्रोे चरणमा राहत वितरण गरिएको हो ।

 एनआरएन युकेको सहयोग तथा इटहरीका गुरुगंको समन्वयमा राहत वितरण गरिएको छ । 

जिल्लाका विभिन्न ठाउँमा वाढीका कारण पिडीत वनेकाहरुलाई केही मात्रमा भएपनि मलमपटी गर्ने उद्धेश्यले एनआरएन युकेका अध्यक्ष प्रेमगाहा मगरले राहतका लागि संकलन गरिएको रकमबाट राहत वितरण गरिदै आएको जनाइएको छ ।  IMG-20211104-WA0006

 राहत सामाग्रीमा प्रति परिवार २५केजी चामल , १ पाकेट नुन ,१ केजी दाल , १ लिटर तेल रहेको छ । सुनसरीका ६सय ५० परिवारलाई राहत वितरण गर्ने लक्ष्य सहित चाँडवाडमा खाद्यन्न अभावका कारण भोकै बस्न नपरोस भनेर आज लक्ष्मी पुजाको दिनपनी नभनी घर घरमै पुगेर खाद्यन्न वितरण गरिएको  सिजन गुरुगंले जानकारी दिए । 

राहत वितरण गर्ने कार्यमा दिव्यराज गुरुगं ,पुर्ण राई ,वहादुर तामागं लगायतका युवाहरुले वाढी पिडीतहरुको घरघरमा पुगेर राहत सामाग्री उपलव्ध गराएका थिए । 

विपदको अवस्थामा सुनसरीवासीलाई एनआरएन युकेले राहत उपलव्ध गराउदै आएको छ ।