इटहरी । बाढीले बगाएर थुपारेको फोहोेर व्यवस्थापनमा सरोकारवाला निकायहरुले ध्यान नदिइरहेको समयमा सुनसरीको इटहरीमा बुल्स एघार क्लवले बाढीजन्य फोहोर व्यवस्थापनको काम थालेको छ ।
इटहरी ५ त्रिवेणी चोकमा रहेको शिव पार्वती मन्दिर क्षेत्रमा गत सोमबार र मंगलवार परेको वर्षाको बाढीले थुपारेको फोहोर बुल्स एघारले सरसफाई गरेर हो ।
प्राकृतिक विपत्ति र त्यसले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै तपाईहरु मात्र एक्लो हुनुहुन्न हामी छौं भन्ने नाराका साथै बाढीजन्य फोहोर व्यवस्थापनको अभियान सुरु गरेको क्लवका अध्यक्ष पुर्ण राईले वताए ।
बाढी आएको चार दिन विती सक्दा समेत सम्वन्धीत निकायहरुले मन्दिर तथा आसपासको क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन सहित सरसफाई गर्ने कार्य नगरेको कारण आफुहरुले गरेको अध्यक्ष राईले जानकारी दिए । मन्दिर क्षेत्रमा थुप्रिएको फोहोर हटाएर सरसफाई गर्ने कार्यमा बुल्स एघारमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।
बुल्स एघारले समय समयमा इटहरी क्षेत्रमा सरसफाई लगायतका सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।




















