इटहरी । किवानिस क्लवको स्थापना दिवसको अवसर पारेर सुनसरीको इटहरीमा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती विमल पौडेलको प्रमुख आतिथ्यता तथा किवानिस क्लव अफ इटहरीका अध्यक्ष होमनाथ खड्काको अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
क्लवको स्थापना दिवसको अवसर पारेर देशभर विभिन्न कार्यक्रम भई रहेको समयमा इटहरीमा भने दशैं तिहारको समयमा कम रक्तदान हुने गरेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको किवानिस क्लव अफ इटहरीकी उपाध्यक्ष मनिता तामागंले वताईन ।
उनले रक्तदान कार्यक्रममा ३० जना महिला, पुरुषले रक्तदान गरेको समेत जानकारी दिइन ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा किवानिस क्लवका नविन खतिवडा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















