इटहरी । बेमौषमी वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीमा फसेका मानिसहरुलाई क्वीक रेस्क्यु टिम नेपालका उद्धारकर्ताहरुले उद्धार गरेको छ ।
गत सोमबार र मगंलवारको वर्षाले प्रदेस नम्बर १मा विभिन्न स्थान डुवानमा परेको थियो भने डुवानमा फसेका मानिसहरुलाई क्वीक रेस्क्यु टिम नेपालका उद्धारकर्ताहरुले उद्धार गरेका हुन ।
अधिक वर्षाका कारण सोमवार राती पुर्वका विभिन्न ठाँउहरुमा डुवानमा परेको वाढीमा फसेका इटहरी क्षेत्रका केही मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको क्वीक रेस्क्यु टिम नेपालका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिए । क्वीक रेस्क्यु टिम नेपालले विभिन्न समयमा विपदमा उद्धार ,राहत तथा कोरोना कहरका समयमा पनि औषधी ,खाद्यान्न स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको थियो ।




















