विराटनगर । आगामी पुस महिनामा पोखरामा हुने नेपाल जेसिजको राष्ट्रिय अधिवेशनमा विराटनगर युवा उद्यमी श्याम सुन्दर पौडेल (मिलन) ले अध्यक्ष पदका लागि उम्मेद्बारी दिने भएका छन ।
नेपाल जेसीजको वर्ष २०२२को लागि चयन हुने नयाँ कार्यसमितिका लागि राष्ट्रिय अध्यक्षका लागि पौडेलले उमेद्वारी दिने भएका हुन ।
विराटनगर जेसिजको अध्यक्ष तथा नेपाल जेसिजको उपाध्यक्षको जिम्मेवारी समालिसकेका पौडेल युवाहरु विच कुशल नेतृत्वकर्ताका रुपमा परिचित रहेका छन । नेपाल जेसिजको वर्ष २०२१का लागि अध्यक्ष पदमा उमेद्वारी दिएर पनि अन्तिम समयमा सहमति र सहकार्यका लागि उमेद्वारी फिर्ता लिएका पौडेलले यस पटक भने साथीहरुले आफुलाई सहयोग गर्ने विश्वास लिएका छन ।
नेपाल जेसिजले प्रदान गर्ने उत्कृष्ट कार्यकारी राष्ट्यि पदाधिकारी अवार्ड २०१९ र उत्कृष्ट राष्ट्यि पदाधिकारी अवार्ड २०१८ प्राप्त गर्न सफल पौडेल पुर्व क्षेत्रमा सामाजिक सेवाका क्षेत्रमा परिचित नाम हो भने मोरगं सहकारी अस्पताल ,कोशी हेल्थ कलेज र निको अस्पतालका सञ्चालक समेत रहेका पौडेल यस क्षेत्रका सफल युवा उद्यमीका रुपमा समेत परिचित छन । नेपाल जेसिजको आगामी पुस १ गतेवाट सुरु हुने राष्ट्रिय अधिवेशनमा १सय ६१शाखाका पदाधिकारीहरुले मतदान गर्ने छन भने राष्ट्रिय अध्यक्ष सहित पदाधिकारी चयन गर्ने छ ।




















