इटहरी । वडादशै अन्र्तगत सप्तमीका दिन आज सुनसरीको इटहरीमा फूलपाती शोभा यात्रा सहित फुलपाती वडाई गरिएको छ ।
तीन दशक देखि इटहरीमा गरिदै आएको फुलपाती शोभा यात्रालाई निरन्तरता दिदै मानव कल्याण सत्सगं समितिको आयोजनामा फुलपाती बडाइ गरिएको हो ।
प्रदेस नम्वर १ को एक विकसीत सहर इटहरीमा वि.सं.२०४९साल देखि वडा दशैं अन्तर्गत सप्तमीका फुलपाती शोभा यात्रा गरिदै आएकोमा गत वर्ष कोरोना कहरका कारण विधिवत रुपमा मात्र पुजा अर्चना गरिएको समाज कल्याण सत्सगं समितिकी अध्यक्ष अप्सरा भट्टराईले वताइन ।
उनले अघिल्लो वर्ष विश्व व्यापी कोरोना महामारीका कारण मन्दिरको गेटमै सुचना टाँसेर विधिपुर्वक मात्र गरिएको र यस वर्ष पनि सिमीत रुपमा मात्र शोभा यात्रा सहित फुतपाती वडाई गरीएको जानकारी गराईन ।
विगतका वर्षहरुमा इटहरीमा धुमधामका साथ फुलपाती शोभा यात्रा गरिने गरेको थियो । सामुहिक दुर्गा पुजा स्थल वनाएर पुजा गरिने दुर्गाको मुर्ति स्थल लगायतका शक्तीपिठहरुमा समाज कल्याण सत्र्सग भवनवाट फुलपाती सहित हर्ष वढाईका साथ पुजारी, नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी, स्थानीय सामाजिक संघ सस्थाका प्रतिनिधीहरु व्याण्डवाजा , पञ्चेवाजा बजाउदै नाचगान सहितको शोभा यात्रा गरिन्थ्यो तर विगत दुई वर्ष देखि कोरोना कहरका कारण धुमधामका साथ शोभा यात्रा नगरिएको वताइएको छ ।
यस वर्ष पनि फुलपाती शोभा यात्रा समाज कल्याण सत्सगं भवन आसपासको क्षेत्रमा मात्र सिमित गरे गरियो । कोरोना कहरले गर्दा अघिल्लो वर्ष स्वास्थ्य सुरक्षा अपनाउदै विधिवत रुपमा मात्र पुजा अर्चना गरिएको यस वर्ष केही सहज भएका कारण थोरै भक्तजनहरुको सहभागिता सहित फुलपाती शोभा यात्रा , वडाई लगायतका धार्मिक अनुष्ठानहरु गरिएको समाज कल्याण सत्सगका सस्थापक अध्यक्ष शारदाप्रसाद मिश्रले जानकारी दिए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा फुलपाती शोभा यात्रा निकालियो ।
सप्तमीका दिन इटहरीमा फुलपाती शोभा यात्रा गरी समाज कल्याण सत्सग भवनमा दर्गा भगवतीको प्रतिमा राखिएको दशैघरमा उखु , अदुवा , वेलपत्र , दारिम, अशोक पत्र, फुल लगायतका फुलपाती भित्रयाइने परम्परा रहेको छ । वडा दशैं घटस्थापनाका दिन
देखि सुरु भएर कोजागत्र पुर्णिमा सम्म चल्ने भएपनि विशेष दिनका रुपमा सप्तमीलाई पनि लिने गरिन्छ ।




















