धनकुटा । भू.पू. सैनिक परिवार धनकुटाले आशन्न नेपालीहरूको महान चाड बडा दशै, शुभ दीपावली, नेपाल सम्वत, छठ, मंसिरे चाड वाडङमी, लोहोसार लगायतपर्वहरूको अवसर पारेर सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाली सेनाको वरखगण सल्लेरीका प्रमुख सेनानी दुर्गाबहादुर थापाको प्रमुख आतिथ्यता एवं भू.पू. सैनिक धनबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नहकुल पोख्रेल, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रतिनिधि शिव श्रेष्ठ, शसस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका गुल्मपति रामचन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसि कट्ेल, नेपाल भूपू सैनिक परिवारलगायतको सहभागि रहेको थियो ।244415978_194826942771316_8476228609213222773_n

राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा एक आपसमा सामाजिक सदभाव, धार्मिक सहिष्णुता कायम राख्ने भन्दै सहभागिहरुले शुभकामना दिनुभएको थियो । 

नेपाल भू.पू. सैनिक परिवारको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।