इटहरी । कसैलाई घृणा नगरौं सबैलाई माया गरौं भन्ने संदेश फैलाउदै आएको अहमदिया संघ नेपालको आयोजनामा सुनसरीको इटहरीले रक्तदान कार्यक्रम गरेको छ ।

इटहरी क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहेदै आएको अहमदिया संघले  चाडपर्वको समयमा रक्तदान कम हुने भन्दै रक्तदान गर्न आग्रह गरिएका विषयमा जानकारी पाएपछि रक्तदान कार्यक्रम गरेको हो ।

नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । IMG_6113रक्तदान लगायतका कार्यक्रमहरु आयोजना गरेर संघले सामाजिक क्षेत्रमा योगदान गर्दै आएको प्रमुख अतिथी पौडेलले वताए ।

  रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । मानव सेवाका क्षेत्रमा सक्रिय रहदै आएको संघले चाडपर्वका समयमा समेत मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको संघका केन्द्रीय उपाध्यक्ष मोहदम स्मायलले जानकारी दिए । रक्तदान कार्यक्रममा संघका सुनसरी मोरगं इञ्चार्ज नइम अहमदको समेतको सहभागिता रहेको थियो ।