इटहरी । वडादशैं,शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर नेपाल प्रेस युनियन सुनसरीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

   नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीको अध्यक्षता तथा नेपाली काँग्रेस सुनसरीका सभापति तथा प्रदेस नम्बर १का विपक्षी दलका नेता राजिव कोइरालाको प्रमुख आतिथ्यतामा शुभकामना तथा आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।20211009_130102

  शुभकामना आदान प्रदान कार्यक्रममा संघिय सांसद सिताराम मेहता , नेपाली काँग्रेस केन्द्रीय सदस्य नरेन्द्र चौधरी नेपाली काँग्रेस सुनसरीका सचिवद्धय सुजेन्द्र तामागं, केदार भण्डारी ,नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु इकवाल अहमद, भिषण राई र अमर खडका लगायतको सहभागिता रहेको थियो ।