इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत चाडपर्वको समयमा समेत अभाव नहोस भनेर सुनसरीको इटहरीमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
दशैं तिहार लगायतका ठुला चाडपर्वको समयमा कम हुने गरेको तर्फ मध्यनजर गर्दै किसान कल्याणले दशैंको समयमा पारेर वार्षिक रुपमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको हो ।
किसान कल्याणको झुम्का शाखाका प्रमुख प्रेमबहादुर बस्नेतको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा २७ जना महिला पुरुषले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक रुपमा सहयोग पुर्याएको किसान कल्याणका खनार शाखा प्रमुख नवराज पोखरेलले जानकारी दिए ।
इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी प्रदेस नम्बर १ कै उत्कृष्ट बचत तथा ऋण सहकारी अन्र्तगत परिचित रहेको छ भने विभिन्न ठाउँमा शाखाहरु सञ्चालनमा ल्याएको र धेरै कारोवार गर्ने वचत तथा ऋण सहकारीका रुपमा समेत प्रदेस नम्बर १मा किसान कल्याण पर्ने गरेको छ ।




















