इटहरी । नेकपा एमाले प्रदेश १ का सांसद हिक्मतकुमार कार्कीले प्रदेशसभामा ४१ सिट भएको पार्टीले ६ सिट म्यानेज गर्दा विश्वासको मत पाउने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
आफ्ना पार्टीको नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउने सम्भावना समाप्त नभएको बताए । संवैधानिक बाध्यताका कारण संसद् आह्वान गरेको उनले बताए । प्रदेशको ठुलो दल एमाले भएको बताउँदै उनले विश्वासको मत लिने बताए ।
नेकपा एमालेलाई संविधानको धारा उल्लङ्घन गर्नुपर्ने अवस्था नरहेको बताउँदै उनले निर्वाचनमा जानुपर्ने बताए । झन्डाका लागि मन्त्री बन्न आवश्यक नभएको बताउदै उनले होच्याउने काम नगर्न आग्रह गरे ।
उनले मुख्यमन्त्रीप्रति अपमानित ढङ्गबाट नबोल्न आग्रह गर्दै उनले समयमा नै मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव ल्याउने बताए ।



















