इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर पेस्को इन्टरटेन्मेन्टको आयोजनामा भएको तीज आइकन फोटो कन्टेस्ट २०७८ वन्न इलामकी अनुजा लेप्चा सफल भईन ।
महिलाको महान पर्व तीजलाई लक्षित गरी आयोजना गरिएको फोटो कन्टेस्टमा सहभागी भएकाहरु मध्येवाट इलामकी लेप्चा प्रथम ,झापा विर्तामोडकी मुना प्रसाई र सुनसरी इटहरीकी मोनिका बोहोरा तेस्रो वन्न सफल भएका हुन ।
पेस्को इन्टरटेन्मेन्टले समय सयममा व्युटी कन्टेस्ट , फोटो कन्टेस्ट लगायतका प्रतियोगिताहरु आयोजना गर्दै आएको सञ्चालिका मनिता तामागंले वताईन ।
तीजका अवसरमा आयोजना गरिएको फोटो कन्टेस्ट कार्यक्रमका प्रथम हुने लेप्चालाई एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर ट्फि नगद २५हजार र प्रमाण पत्र ,दोस्रो हुने प्रसाईलाई १० हजार नगद ट्फि र प्रमाण पत्र त्यसै गरी तेस्रो हुनेलाई ५ हजार नगद ट्फि र प्रमाण पत्र प्रदान गरिएको समेत पेस्कोकी सञ्चालिका तामागंले जानकारी दिइन ।
नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामागंको अध्यक्षता तथा वरिष्ठ कलाकार प्रेम सुब्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिलाका क्षेत्रमा उत्कृष्ट काम गर्ने सुभद्रा प्याकुरेल र भगवती ढुंगेललाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा निर्माता किशोर सम्वाहाम्फे ,मुना खड्का , कलाकार गायिका नायिक विष्णु चेम्जोगं , मोडल चन्दा दहाल लगायतको सहभागिता रहेको थियो ।
((




















