इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको तिरुपति अटो सिटीले यस वर्ष पनि रोटरी क्लव अफ इटहरीसंग सहकार्य गरेर निरन्तरता दिएको छ   ।

      सामाजिक क्षेत्र सक्रिय रहदै आएको रोटरी क्लव अफ इटहरीसंग सहकार्य गरेर तिरुपति अटो सिटीले यस वर्ष पनि तिज विशेष कार्यक्रमलाई निरन्तरता दिएको हो ।aaaa

  इटहरीमा रहेको यमाहा मोटरसाईकल तथा स्कुटरको  विक्रेता तिरुपति अटो सिटीले रोटरी क्लव अफ इटहरीसंग मिलेर विभिन्न सामाजिक कार्य समेत समयसमयमा गर्दै आएको छ भने यस पटकको तिज विशेष कार्यक्रम पनि रोटरी क्लव अफ इटहरीसंगै मिलेर आयोजना गर्यो  ।

सो अवसरमा यामाहा र रोटरी सम्वन्धी विभिन्न प्रश्न राखि सही जवाफ दिनेहरुलाई पुरस्कृत समेत गरियो । रोटरी क्लव अफ इटहरीकी अध्यक्ष सविना कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले तिजका गितमा नाचगान गरेर रमाइलो गरेका थिए भने तिजको दर खुवाउने परम्परालाई निरन्तरता दिदै दर खुवाउने कार्यलाई विगत झै निरन्तरता दिएको तिरुपति अटो सिटी इटहरीका सञ्चालक संजोय पराजुली वताउछन । सो अवसरमा डाइटिसियन समिक्षा निरौलाले स्वास्थ्यका लागि खानपानका विषयमा जानकारी गराइएको थिइन ।  कार्यक्रममा रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु अनिता अधिकारीको समेत आतिथ्यता रहेको थियो । 

((