ताप्लेजुगं । नेपाली जडिवुटीलाई नेपाली बजारमै विक्री वितरणमा जोड दिदै स्थानीय स्तरमै रोजगारीको अवसर सृर्जना गर्दै आएको फ्युचर बेस्ट विजिनेश प्रालि इटहरीले ताप्लेजुगं शाखाका उत्कृष्ट वितरकहरुलाई प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ ।
ताप्लेजुगंमा रहेर प्रालिका तर्फबाट उत्कृष्ट रुपमा काम गर्ने एक जना वितरकलाई स्कुटर एक जनालाई एक जनालाई थाइल्याण्ड टुर गराउने भएको हो ।
प्रालिका ताप्लेजुगं शाखा प्रमुख सन्तोष तोलागंको अध्यक्षता तथा उद्योग वाणिज्य संघ ताप्लेजुगंका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्व उत्कृष्ट काम गर्ने बबिता पोमो लिम्बु लाई स्कुटर र सन्तोश तोलङलाई थाइल्याण्ड टुर र दुई जनालाई मोवायल , ११ जनालाई गोल्डेन ब्याज , ४५ जनालाई सुट र १सय ५०लाई टि सर्टले पुस्कृत गरिएको प्रालिका प्रवन्धक निर्देशक याम लामाले जानकारी दिए ।
सो अवसरमा प्रालिले नेपाली जडिवुटीमा विभिन्न व्राण्डहरुको विक्री वितरणका साथै वेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्ने काम समेत गर्दै आएको समेत लामाले वताए ।
प्रालि ले प्रदेस नम्बर १का दुरदराज सम्म नेपाली जडीवुटीका उत्पादनहरु विक्री वितरण गर्ने कार्यमा प्रालिले महत्वपुर्ण योगदान पुर्याउदै आएको छ । सो कर्यक्रममा पोड्क्ट्का बिषयमा उमेश निरौलाले जानकारी गराएक थिए ।
कर्यक्रममा बिशेष अतिथी फिन
फुन्लिङ नगरपालिका ५ का वडाध्यक्ष भिमा ओझा,वडा सदस्य बितरक निर्देशक आषिश केसि ,प्रशिक्षक करन चौहान लगायतको सहभगिता रहेको थियो ।नागी डान्स सेन्टर इटहरीका कलकारले नृत्य प्रस्तुत गरेर मनोरन्जन गरायका थिए




















