इटहरी । इटहरी क्षेत्रमा सामाजिक कार्यमा सक्रियता जनाउदै आएको सहयोगी हातहरु नामक संस्थाले एक कार्यक्रमका विच प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

   संस्थाका अध्यक्ष राजु अधिकारीको अध्यक्षता तथा विजय खनालको संयोजकत्वमा साधारण सभा सम्पन्न भएको हो ।

  साधारण सभाले पहिलेकै कार्यसमितिलाई निरन्तरता दिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।237744993_580353586327090_5696326564572875719_n

स्थापनाको छोटो समयमै सहयोगी हातहरुले कोभिड महामारीका समयमा स्थानिय स्तरमा सेनेटाइज गर्ने , रक्तदान कार्यक्रम गर्ने , सरसफाई अभियान सञ्चालन गर्दै आएको सचिव सुजित ढुंगेलले जानकारी दिए । त्यसै गरी सहयोगी हातहरुले जेब्राक्रस वनाउने र विभिन्न विधामा २६ जनालाई स्थापना यता देखि सम्मान गरिसकेको उपाध्यक्ष नवराज पौड्यालले वताए ।

  साधारण सभामा इटहरी १६का जनप्रतिनिधी तेजनारायण चौधरी ,उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल , नेपाल काग्रेस इटहरीका सहसभापति कोविदजंग कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।