मोरङ । सामाजिक कार्यमा युवाहरुलाई सक्रियताका साथ परिचालन गर्ने रोट्रयाक क्लव अफ इटहरी र रोट्रयाक क्लव अफ सुन्दरहरैंचाको एक कार्यक्रमका विच संयुक्त पदस्थापना गरिएको छ ।
मोरगंको सुन्दरहरैंचामा रहेको धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशालामा रोटरी क्लव अफ इटहरीको संयोजनमा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।
पदस्थापना कार्यक्रममा रोट्रयाक क्लव अफ इटहरीका लागि वर्ष ०२१÷०२२ का अध्यक्ष सुमन खड्का र नव गठित रोट्रयाक क्लव अफ सुन्दरहरैंचाको वर्ष ०२१÷०२२ का लागि अध्यक्ष शम्भू धमलाको नेतृत्वको टिमले सपथ ग्रहण गर्याे ।
पदस्थापना गरिएका दुवै क्लवका अध्यक्षहरुलाई रोटरी क्लव अफ इटहरीकी अध्यक्ष सविना कोइरालाले प्रमाणपत्र हस्तान्तर र कलर प्रदान गरेकी थिइन ।
धमलाको नेतृत्वमा ३० जना युवाहरु आवद्ध रहेको रोट्रयाक क्लव अफ सुन्दरहरैंचा गठन भएको हो यता रोट्रयाक क्लव अफ इटहरीको १४ आंै पदस्थापनमा सोही कार्यक्रममा रोटरी क्लव इटहरीमा आवद्ध भएका नयाँ सदस्यहरुलाई नयाँ सदस्यहरुलाई जोन ३३ का एजी अनिता अधिकारीले सपथ खुवाइन ।
कार्यक्रम सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो भने नयाँ वृन्दावन गौशालाका संरक्षक दिनबन्धू शास्त्री लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















