इटहरी । प्रदेस नम्बर १ मा एमालेले आफ्नो पक्षको प्रदेस प्रमुख भएको फाइदा उठाउदै पाटी फुटेको अवस्थामा एकल सरकार जस्तो गरी सरकार परिर्वतन गरेको प्रतिपक्षी दलका नेता राजिव कोइरालाले आरोप लगाएका छन ।

    सुनसरीको इटहरीमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै अहिलेको भिम आचार्य नेतृत्वको प्रदेस सरकारसंग वहुमत नभएको प्रतिपक्षी दलका नेता कोइरालाले आरोप लगाएका हुन ।

   नेता कोइरालाले यस अघिको शेरधन राई नेतृत्वको सरकारले प्रदेसको नामाकरण समेत गर्न नसकेको बजेट कार्यान्वयन गर्न नसकेको आरोप लगाउदै गठवन्धनको सरकार निर्माणमा आफुहरु लाग्ने वताए । एमाले पाटी विभाजन भएकाले एकल सरकार कसैको पनि सम्भव नभएको समेत कोइरालाले स्पष्ट पारे ।

  त्यसै गरी प्रदेस नम्बर १का प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले अहिलेका मुख्य मन्त्रीले सपथ लिएकै दिन उनको पक्षमा  वहुमत नरहेको भन्दै प्रदेस प्रमुखले किर्ते गरेर आचार्यलाई मुख्यमन्त्री वनाएको आरोप लगाए । उनले प्रदेस सभामा रहेका सवै दलहरुसंग सहमति र सहकार्य गरेर अगाडी वढ्छौं र गठवन्धनको सरकार वनाउन अघि वढ्ने प्रमुख सचेतक कार्कीले जानकारी दिए । केही दिनमै गठन वन्धनको सरकार निर्माण हुने कार्कीले दावी गरे ।