इटहरी । व्यवसायीक रुपमा आम्दानीमा जोड दिदै महिलाहरुलाई विभिन्न किसिमका सिप सिकाउने मुख्य लक्ष्य सहित सुनसरीको इटहरीमा नेपाल ग्रीनलिकं फाउण्डेशन प्रालि सञ्चालनमा आएको छ ।
सिप सिकौं रोजगार बनौं समृद्धिको ढोका खोल्यौं भन्ने नाराका साथ महिला उद्यमशिलतामा जोड दिदै सञ्चालनमा ल्याइएको नेपाल ग्रीनलिकं फाउण्डेशन प्रालिको प्रदेश नम्बर १का प्रतिपक्षी दलका नेता राजिव कोइरालाले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोइरालाले तालिममा सिकेका कुराहरुलाई व्यवसायीक रुपमा लगाएर स्वरोजगार वन्न आग्रह गरे । व्यवसायीक तालिमले महिला रोजगारी वढाउने समेत कोइरालाले विश्वास लिए । 
प्रालिले महिलाहरुका लागि विभिन्न किसिमका तालिम सञ्चालन गरी आत्मनिर्भरतामा जोड दिन उद्यमशिलता प्रवद्र्धन तथा महिला स्वरोजगार सिर्जना केन्द्र समेत सञ्चालनमा ल्याइएको छ । प्रालिकी सञ्चालक निर्मला चौधरीले तालिममा सहभागी भएर महिलाहरुले वनाएका सामाग्रीहरुको बजारीकरणमा समेत केन्द्रले गरि दिने जानकारी गराईन । उनले महिलाहरुलाई विभिन्न हस्तकला वनाउने तालिम देखि लिएर अन्य व्यवसायीक तालिमहरु समेत आयोजना गरिने समेत वताई ।
उद्घाटन कार्यक्रममा स्थानीय ७० वर्षिया धनकुमारी लुइटेललाई फोहोर मैला व्यवस्पान र आम्दानीको स्रोत वनाउने काम गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रम प्रदेस नम्बर १का प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्की, नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारी ,इटहरी काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल लगायतका सहभागिता रहेको थियो ।




















