रामधुनी , म्याजिक सिनेमा हलमा लागेको आगो ६ बटा दमकल आगो निभाउने प्रयास जारी अझै आएन नियन्त्रणमा रामधुनी : सुनसरीको रामधुनी ५ झुम्कामा रहेको म्याजिक सिनेमा हलमा लागेको आगो नियन्त्रणका लागी ६ वटा दमकलले निभाउने प्रयास गरिरहेका छन् । निभाउने प्रयास गरीपने हाल सम्म आगो नियन्त्रणमा ल्याउन सकिएको छैन ।

शनिवार बिहानै करिब ८ बजे आगलागी सुरु भएको थियो । रामधुनी ५ झुम्कास्थित साइराम मार्केटमा रहेको सिनेमा हलमा आगो लागेको हो । आगलागी नियन्त्रणका लागि कोसी गाउँपालिका, इनरुवाका, इटहरी उपमहानगरपालिका, वराहक्षेत्र नगरपालिका, दुहबी नगरपालिका र धरान उपमाहानगरपालीकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी ।