विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन् ।
दलका नेता शेरधन राईले दलको बैठकमा राजीनामा दिएर आचार्यलाई दलको नेतामा गरेको प्रस्ताव सर्वसम्मतीले पारित भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।