इटहरी । राजनीतिक एवम् सामाजिक व्यक्तित्व राम प्रसाद घिमिरेको ८८ वर्षका उमेरमा आज बिहान निधन भएको छ । इटहरी उपमहानगरपालीका वडा न ं९ स्थित निवासमा उनको  निधन भएको हो । उनि इटहरी वडा नम्बर ९ का पुर्व वडाअध्यक्ष समेत हुन ।  जीवनभर सामाजिक क्षेत्रमा सक्रिय घिमिरेले तत्कालीन इटहरी उपमहानगरपालीका वडा न ं८ को वडा अध्यक्षको जिम्बेवारी समालेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्र्टीको कुशल सङ्गठक घिमिरेको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । जीवनभर सामाजिक र राजनितीक क्षेत्रमा  सक्रिय उनी नेपालमा राजसस्थाको आवश्यक्ता छ भन्दै जनजनमा राजसंथाको महत्व वुझाउने अभियानमा जोडीएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका  जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेतले जानकारी  दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी ईटहरीले आज कुसल तथा सम्मानीत अभिभावक गुमाएको राप्रपाका केन्द्रीय सदस्य रामु पोखरेलले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी ईटहरीले आज कुसल तथा सम्मानीत अभिभावक गुमाएको राप्रपाका केन्द्रीय सदस्य रामु पोखरेलले बताए ।