इटहरी । इटहरीको इतिहासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको इतिहासमा इटहरी नामक पुस्तक एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

नेप्ली मिडिया प्रालि ले प्रकाशनमा ल्याएको इतिहासमा इटहरी पुस्तकको विमोचन इटहरी क्षेत्रबाट बनेका पहिलो मन्त्री पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बा लगायतले विमोचन गरेका हुन ।  

पुर्व मन्त्री सुब्बा, पुर्व इटहरीका नगरप्रमुख सर्वध्वज साँवा, नगरप्रमुख द्धारिकलाल चौधरी , इटहरीका पहिलो फिल्म निर्माता  हेमनारायण चौधरी र इटहरीमा पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा विमोचन गरेको सो पुस्तक ३३६ पृष्टको रहेको छ ।IMG_1592

पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतकाइतिहाससंग जोडिएका विषयवस्तुहरु समावेश गरिएको पुस्तकको प्रकाशक नेप्ली मिडियाका निर्देशक तथा पुस्तकको सम्पादक हिमाल दाहालले जानकारी दिए  ।

पुस्तक विमोचन कार्यक्रमका  अवसरमा इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमा प्रकाशन गर्ने अग्रज पत्रकार कृष्णविनोद लम्साल, अग्रज पत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसीलाई सम्मान गरियो । कार्यक्रममा नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल , नागरिक समाजका अध्यक्ष सन्तवहादुर डुम्जन लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।