इटहरी । ठुला व्यवसायीक प्रतिष्ठानहरुले ग्राहक आकर्षित गर्न विभिन्न अवसर पारेर उपहार योजना ल्याउने गरेझै पछिल्लो समयमा ग्रामिण क्षेत्रमा सञ्चालनमा रहेका सपिगं सेन्टरहरुले पनि उपहार योजनाहरु सञ्चालन गर्न थालेका छन ।

   सुनसरीको कालाबञ्जारमा विगत एक वर्ष देखि सञ्चालनमा रहेको पाथिभरा सपिगं सेन्टरले पहिलो  वार्षिक उत्सवको अवसर पारेर ग्राहकहरुका लागि सञ्चालन गरेको उपहार योजना अन्र्तगत गोला प्रथाबाट प्रथम ,दोस्रो ,तेस्रो र शान्त्वना पुरस्कारबाट ग्राहकहरुलाई पुरस्कृत गरेको हो ।IMG_1644

  पाथिभरा सपिगं सेन्टरमा २ हजार माथिका सामान खरिद गर्नेहरुलाई उपलव्ध गराइएकोे कुपनलाई गोला प्रथामा समावेश गरेर खोलिएको उपहार योजना अन्र्तगत प्रथम पुरस्कार ३२इन्च एलइडी टिभी कमला गौतम दोस्रो पुरस्कार मिक्चर गिरिजा निरौला तेस्रो पुरस्कार आयुषा हमाल र शान्त्वना पुरस्कार राजकुमार चाहार प्राप्त गर्न सफल भए ।IMG_1660

 त्यसै गरी उत्कृष्ट ५ जना ग्राहकलाई समेत पुरस्कृत गरियो । उपहार योजना अन्र्तगत गोला प्रथाबाट प्रथम पुरस्कार विजेता कमला गौतमलाई कार्यक्रमका अतिथी एभिन्युज खवरका प्रदेस नम्बर १का प्रमुख सचिन पोखरेलले वितरण गरेका थिए ।IMG_1635

 त्यसै गरी विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी  गुप्ता र सपिगं सेन्टरका सञ्चालक नविन पाण्डेले वितरण गरेका थिए । सोही अवसरमा आगामी दशै सम्मका लागि दुई हजार भन्दा वढीको सामान खरिद गर्ने ग्राहकहरुलाई सहभागी गराउने गरि पहिलो पुरस्कार एक सय ५० लिटरको फ्रिज पुरस्कार उपलव्ध गराउने गरि उपहार योजना सुरु गरिएको सञ्चालक पाण्डेले जानकारी दिए ।