इटहरी , भैतिक रुपमा परिक्षा सञ्चालन गर्ने विषयलाई लिएर विरोध जनाइरहेका स्नातक तहका विद्यार्थीहरुले आजबाट सुरु भएको परीक्षाको वहिस्कार गरेका छन् । भौतिक रुपमा परीक्षा दिन नसकिने भन्दै वैकल्पिक उपाय अपनाएर परिक्षा लिनका लागि माग गरेका विद्यार्थीहरुले परिक्षा केन्द्र सेन्टर कलेज अफ टेक्नोलोजी धरान सुनसरीमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरीएको भन्दै सुष्मा गोदावारी कलेज र विरेन्द्र मेमोरियल कलेजका CSIT Association of Nepal - Purwachal का विद्यार्थीहरुले आजबाट सुरु भएको त्रिवीको परिक्षाको वहिस्कार गरेका हुन् । परिक्षा केन्द्रमा एउटा कक्षामा ६८ जना सम्म विद्यार्थीलाई राखेर सरकारले तोकेको मापदण्ड पालना नगरेर विद्यार्थीहरुको स्वास्थ्यमा खेलवाड गर्ने कार्य भएको भन्दै उनीहरुले आपत्ती समेत जनाएका छन् ।