इटहरी । सुनसरीको इटहरी र मोरगंको सुन्दरहरैचा जोड्ने गरी वृद्धगंगा नदिमा वनाइएको झोलुगें पुलले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन थालेको छ ।
वृद्धगंगा नदि किनारामा पश्चिम इटहरी र पुर्व सुन्दरहरैचा तर्फ रहेका विभिन्न धार्मिक क्षेत्रहरुमा झोलुगें पुल निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजताले धार्मिक पर्यटकहरु बढ्न थालेका हुन ।
पुल निर्माण सम्पन्न भएको थोरै समय भएपनि धार्मिक पर्यटकहरु उल्लेखिय संख्यामा आउन थालेको मोरगं तर्फ रहेको नयाँ वृन्दावन गौशालाका संरक्षक दिनबन्धु शास्त्रीले वताए । उनले इटहरी र सुन्दरहरैचा तर्फ वृद्धगंगा नदि आसपासका क्षेत्रमा रहेका विभिन्न धार्मिक मठमन्दिरहरुमा कम समयमै पुग्न सकिने भएको छ । झोलुगें पुल निर्माण सम्पन्न भएर मानवीय चहलपहल वढेपनि इटहरी तर्फको पुल सम्म आइपुग्ने सडक राम्रो नभएको आवतजावत गर्नेहरुले गुनासो गर्ने गरेका छन । झोलुगें पुल निर्माण सम्पन्न भएपछि इटहरी र सुन्दरहरैचाको वृद्धगंगा नदि आसपासका मानिसहरुलाई आवतजावतमा समेत सहज भएको छ ।




















