झापा । गत वर्ष देखि सुरु भएको कोरोना कहरले चौतर्फ असर पारिरहेका कारण धेरैको रोजगारी गुम्न पुगेको छ भने धेरै मानिसहरुले वैकल्पिक पेशा व्यवसाय सञ्चालन गर्न वाध्य भएका छन ।

झापाको दमकका पुराण वाचक पंडित धनश्याम ढकालले कोरोना कहरकै कारण लकडाउन हुन थालेपछि गत साल देखि कृषि फार्म सञ्चालन गर्न थालेका छन ।

   दमक ३ का ढकालले २०५४साल देखि पुराण वाचन गर्दै आएको भएपनि कोरोनाले गर्दा लकडाउन हुन थालेको तथा धेरै मानिसहरु जम्मा हुने गरी पुराण लगाउने वातारण हुन छोडेपछि कृषि फार्म सञ्चालन गर्न थालेको वताए । ढकालले लगायतले कृषि फार्म र गारमेन्ट उद्योग सञ्चालन गर्न थालेको समेत जानकारी दिए ।

आफुहरुले व्यवसायिक रुपमा शान्ता कृषि फार्म र बसन्ती गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएपछि केही मानिसहरुले रोजगारी समेत पाएको ढकालले वताए ।snapshot_020 1

ढकाल समेतको लगानीमा सञ्चालन भईरहेको कृषि फार्ममा गाई, बाख्रा, पाडा पालन गरिदै आएको छ । क्रमिक रुपमा फार्ममा गाई लगायतका गाईवस्तुहरु थप्ने योजना राखिएको फार्मका अर्का सञ्चालक खगेन्द्र प्रसाद भट्टराई वताउछन ।

केही वर्ष सम्म वैदेशिक रोजगारीमा गएर आएको भट्टराई आफनै देशमा केही गरौं भनेर कृषि फार्म सञ्चालनमा ल्याएकोर गाई ,वाख्रा, पाडा पालन देखि च्याउ ,कुरियो र धान खेती समेत लगाउदै आएको समेत जानकारी दिए ।

कोरोना कहरका कारण ढकाल र भट्टराई मात्र नभएर धेरै मानिसहरुको पछिल्लो समयमा व्यवासायिक रुपमा कृषि तथा पशुपालन गर्न थालेका छन ।